शेयर बजारमा ३९ अंकको गिरावट
काठमाडौं । उतारचढावकाबीच आज शेयर बजारमा गिरावट आएको छ । केहीदिनयता सुधार देखिएको शेयरबजार फेरी गिरावट आउन थालेको हो ।
बुधबार नेप्से परिसूचक ३९.१५ अंकले घटेर १९१७ विन्दुमा कायम हुन पुगेको छ । यसअघि मंगलबार नेप्से परिसूचक २.५७ अंकले घट्दा १९५६.३६ मा कायम भएको थियो ।
नेप्सेमा सूचीकृत २२३ कम्पनीको ३६ लाख ९७ हजार ७२३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४० करोड ७३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
आज नेप्सेमा रहेका १३ वटै उपसूचक राताम्य रहेका छन् । सर्वाधिक फाइनान्स सूचक ४.७३ प्रतिशतले घटेको छ भने विकास बैंक समूहको ३.१८ प्रतिशतले घटेको छ ।
