राक्सिराङको एक घरमा आगोलागी
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकामा एक घरमा आगोलागी हुँदा अन्दाजी ८० हजार रुपैयाँ बराबरको क्षति भएको छ । मंगलबार अपराह्न ४ बजेको समयमा राक्सिराङ–८ निगुराङ बस्ने बिशाल चेपाङको खरले छाएको काठ, ढुंगा र माटोले बनेको एक तल्ले घरमा आगोलागी हुँदा उक्त रकम बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार, बिशालको बाबु कृष्णबहादुर प्रजाले मापसे गरी आगो लगाउँदा घरमा रहेको अन्नपात, लत्ताकपडा पुर्ण रुपमा जलेर नष्ट भएको हो ।
उक्त आगो प्रहरी र स्थानीयको सहयोगमा साढे ५ बजेको समयमा नियन्त्रणमा लिएको थियो । प्रहरीले आगो लगाउने कृष्ण बहादुरलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
