बाल यौन दुरूपयोग गरेको आरोपमा युवक पक्राउ

तु खबर संवाददाता
२०७९ कार्तिक २०, आईतवार १५:५८
file-photo

ओखलढुंगा । ओखलढुंगामा १५ वर्षीया किशोरीलाई बाल यौन दुरूपयोग गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनकोशी गाउँपालिका–८ बस्ने २१ वर्षीय यसु श्रेष्ठ भन्ने ईन्द्रबहादुर श्रेष्ठ रहेका छन् ।

बिहीबार साँझ बाल यौन दुरुपयोग गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कोषाहाटबाट खटिएको प्रहरीले उनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।