आईतबार नेप्से ४२ अंकले बढ्यो

तु खबर संवाददाता
२०७९ कार्तिक २०,आईतवार १५:४२

काठमाडौं । आज साताको पहिलो कारोबारमा सुधार आएको छ । आज नेप्से ४२ अंकले बढ्दा १९६५.३६ को विन्दुमा कायम भएको छ ।

गत सातको अन्तिम दिन बिहीबार १६ अंकले घट्दै नेप्से सूचक १९२२.१६ विन्दुमा अडिएको थियो ।

आज १ अर्ब ५४ करोड ८० लाख रूपैयाँमाथिको ३९ लाख १३ हजार कित्ता बराबरको सेयर कारोबार भएको छ । आज म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको उपसूचक उकालो लागेको छ । म्युचुअल फण्ड आज ०.०५ प्रतिशतले घटेको छ ।

आज सबैभन्दा धेरै माईक्रोफाइनान्सको उपसूचक उकालो लागेको छ । माईक्रोफाइनान्सको उपसूचक ४.५८ प्रतिशतले बढोत्तरी भएको छ । आज नेष्डो समृद्ध लघुवित्तको सर्वाधिक कारोबार भएको छ। लघुवित्तको १० करोड १४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, एभरेष्ट बैंकको ७ करोड ९ लाख, हिमाल दोलखा हाइड्रोपावरको ६ करोड ७५ लाख, जाल्पा सामुदायिक लघुवित्तको ५ करोड ६६ लाख रुपैयाँ र हिमालयन डिस्टिलरीको ४ करोड ४७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।