थप १६ जनामा कोरोना पुष्टि, सक्रिय सङ्क्रमितको सङ्ख्या ५६२ पुग्यो
काठमाडौं । देशभर कोरोना भाइरस (कोभिड–१९) सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सय ६२ पुगेको छ । पछिल्लो २४ घण्टामा १६ जना कोरोना सङ्क्रमित थपिएसँगै सक्रियको सङ्क्रमितको सङ्ख्या ५६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको जनाएको छ ।
मन्त्रालयका अनुसार, १ हजार २७६ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १९ तथा एन्टीजेन विधिबाट ६ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै, सोही अवधिमा थप १७ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छैन । नेपालमा महामारी सुरु भए यता १२ हजार १९ जनाको संक्रमणका कारण मृत्यु भइसकेको जनाएको छ ।
