थप ४९ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा थप ४९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका २ हजार ३१२ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोही समयमा २३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कुनै पनि व्यक्तिको निधन भएको छैन । नेपालमा हाल ५७५ जना कोरोनाका सक्रिय संक्रमित रहेको यस्तै, स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
