झिनो अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं । आज साताको चौथो दिन अर्था बुधबार शेयरबजारमा झिनो अंकको सुधार आएको छ । अघिल्लो दिन मंगलबार एकाएक उच्च अंकले बढेको शेयरबजार आज ७.३२ अंकले बढेर इन्डेक्स १९३८ विन्दुमा कायम हुन पुगेको छ ।
नेप्सेमा सूचीकृत २२७ कम्पनीको ४३ लाख ४६ हजार ७०८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४६ करोड ७९ लाख रुपैयाँमाथिको कारोबार भएको छ । यस्तै, नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज निर्जिवन बीमा, ब्यापार र बैकिङ्ग उपसूचक बाहेकका सबै सूचकमा हरियाली छाएको छ । सर्वाधिक अन्य समूहको १.४४ प्रतिशतले बढ्न पुगेको छ ।