हेटौंडाका तीन युवक प्रहरीको फन्दामा

तु खबर संवाददाता
२०७९ कार्तिक १५, मंगलवार १०:१३
सांकेतिक तस्बिर

मकवानपुर । मकवानपुर प्रहरीले सोमबार साँझ हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ सानोपोदराबाट लागूऔषध खैरो हेरोईनसहित तीन युवकलाई पकाउ गरेको छ ।

पक्राउ पर्नेहरुमा हेटौंडा–१४ मयुरधाप बस्ने २८ वर्षीय रोबिन श्रेष्ठ, हेटौंडा–११ थानाभर्याङ बस्ने २५ वर्षीय अनिष चौलागाईं र हेटौंडा–२ कान्तिराज पथ बस्ने २३ वर्षीय बिकाश कार्की रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।

उनीहरुलाई विशेष सूचनाको आधारमा पुगेको प्रहरी टोलीले लागूऔषध खैरो हेरोईन १ ग्राम ४६० मिलि ग्राम र सानो डिजिटल तराजु १ थानसहित पक्राउ गरेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

उनका अनुसार, ना ४८ प. ९००५ नम्वरको मोटरसाइलक रोकेर चेकजाँच गर्दा मोटरसाइकलमा सवार उनीहरुको साथबाट उक्त परिमाणको लागूऔषध बरामद गरेपछि निजहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेका उनीह्ररुमाथि आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।