हेटौंडाका थोकर प्रहरीको फन्दामा
मकवानपुर । मकवानपुर प्रहरीले शनिबार लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ कालापानीबाट लागूऔषध कोडिवेल ७ बोतल (प्रतिबोतल १०० एमएल), र टैमाद २८ पिससहित एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २३ को समिर थोकर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार, थोकरलाई विशेष सूचनाको आधार पुगेको प्रहरी टोलीले पक्राउ गरेको हो ।
शनिबार ना ५४ प ३४५३ नम्वरको मोटरसाइकललाई रोकी चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक थोकरले लगाएको हेलमेटमा लुकाईछिपाई ल्याएको सो परीमाणको लागूऔषध बरामद भएपछि निजलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाइएको छ ।
