थप ५३ जना कोरोना संक्रमण पुष्टि, ५१ जना संक्रमणमुक्त

तु खबर संवाददाता
२०७९ कार्तिक ३, बिहीबार १६:३०
file-photo

काठमाडौं । नेपालमा थप ५३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ५७१ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, सो अवधिमा पीसीआरबाट ५० तथा एन्टिजेन विधिबाट ३ जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै, पछिल्लो २४ घण्टामा थप ५१ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छैन ।

देशभर सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ७ सय २७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । हालसम्म १५ हजार ३५९ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।