थप ४८ जनामा कोरोना संक्रमण पुष्टि

तु खबर संवाददाता
२०७९ कार्तिक २, बुधबार १६:५९
filr-photo

काठमाडौं । देशभर थप ४८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ७८३ जनाको नमुना परीक्षण गर्दा पीसीआरबाट ४२ तथा एन्टीजेनबाट ६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, सो अवधिमा थप ५० जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छैन । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ७२८ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा २१ हजार ४२५ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् । कोरोना महामारीमा नेपालमा हालसम्म १२ हजार १८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।