शेयर बजारमा दोहोरो अंकको गिरावट

तु खबर संवाददाता
२०७९ आश्विन २५, मंगलवार १६:२३

काठमाडौं । मंगलबार शेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । सोमबार २७ अंकले घटेको नेप्से परिसूचक आज १६.०६ अंकले घटेर १८५५ को विन्दुमा कायम हुन पुगेको छ ।

नेप्सेमा सूचीकृत २२९ कम्पनीको १७ लाख ६७ हजार ६९२ कित्ता शेयर किनबेच हुँदा ५५ करोड २७ लाख १२ हजार ८८५ रुपैयाँको कारोबार भएको छ । नेप्से सूचक घटेसँगै आज कारोबार समेत घट्न पुगेको छ ।

त्यस्तै, नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज म्युचुल फण्ड सूचक बाहेकका सबै सूचक राताम्य भएका छन् । सर्वाधिक विकास बैंक समूहको १।२८ प्रतिशतले घटेको छ ।