लागूऔषधसहित एक जना पक्राउ
काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषधसहित मंगलबार बिहान प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध डाईजेपाम १ हजार एम्पुल, फेनारगन १ हजार एम्पुल र नुर्फिन १ हजार एम्पुलसहित एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सर्लाहीको ईश्वरपुर नगरपालिका–४ बस्ने २६ वर्षीय हिमाल माझी रहेका छन् । उनलाई नागढुङ्गास्थित चेकप्वाइन्टमा प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोली पक्राउ गरेको हो ।
सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको ना ५ ख ६५९९ नम्वरको बसलाई चेकजाँच गर्ने क्रममा बसका सहचालक हिमालले बसको डिक्कीमा लुकाई ल्याएको उक्त परिमाणको लागूऔषध बरामद भएपछि निजलाई पक्राउ गरिएको हो ।
