शेयर बजारमा ३८ अंकको गिरावट
काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार शेयर बजारमा ३८.८१ अंकले घट्न पुगेको छ । अघिल्लो साताका दुईदिन सुधारको संकेत देखिन थालेको शेयर बजार बैंकहरुको नयाँ ब्याजदरले यस साता शेयर बजार प्रभावित बन्न पुगेको छ ।
आज नेप्सेमा ३८ अंकको गिरावट आइ इन्डेक्स १८३७ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २३१ कम्पनीको ३८ लाख ५६ हजार ५३८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २२ करोडमाथिको कारोबार भएको छ ।
त्यस्तै, नेप्सेमा रहेका १३ वटै उपसूचक आज राताम्य रहेका छन् । सर्वाधिक फाइनान्स सूचकको ३.८३ प्रतिशत र हाइड्रोपावर सूचक ३.३७ प्रतिशतले घटेको छ ।
