आइतबार शेयर बजारमा ३३ अंकको गिरावट

तु खबर संवाददाता
२०७९ आश्विन २,आईतवार १६:३०

काठमाडौं । आज साताको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा ३३.९७ अंकको गिरावट आएको छ । असोज १ गतेदेखि लागू हुनेगरी बैंकहरुले धमाधम ब्याजदर बढाएसँगै आज शेयरमार्केटमा ३३ अंकको गिरावट आएको हो ।

आज नेप्से परिसूचक आज १.९७ प्रतिशतले घटेर १८७६ को विन्दु्मा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २२९ कम्पनीको ६२ लाख ९६ हजार ४४५ कित्ता शेयर किनबेच हुँदा आज एक अर्ब ६० करोडमाथिको कारोबार भएको छ ।

त्यस्तै, नेप्सेमा रहेका सबै सूचक आज राताम्य रहेका छन् । सर्वाधिक आज हाइड्रोपावर सूचक ३.०९ प्रतिशतले घटेको छ ।