कांग्रेसले समानुपातिक उम्मेदवार छान्न बैठक बोलायो
काठमाडौं । आसन्न निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूची तय गर्न नेपाली कांग्रेसले संसदीय समितिको बैठक बोलाएको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले समितिको बैठक बोलाएका हुन् ।
बैठक बुधबार अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ । बैठकमा समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बनाउने विषयमा छलफल हुने उनको भनाइ छ । निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार असोज २ र ३ गते समानुपातिक तर्फको बन्दसूची पेस गर्नुपर्छ ।
