भूमिसम्बन्धी नीति बनाउने एमालेको निर्णय

तु खबर संवाददाता
२०७९ भाद्र २४, शुक्रबार १५:५१

काठमाडौं । नेकपा एमाले केन्द्रीय भूमि व्यवस्था विभागले भूमिसम्बन्धी नीति निर्माण गर्ने भएको छ । विभागको बिहीबार बसेको बैठकले वार्षिक कार्ययोजना पारित गर्दै भूमि नीति निर्माणका लागि भूमिसम्बन्धी विज्ञहरुसहितको कार्यशाला गोष्ठी आयोजना गर्ने निर्णय गरेको छ ।

बैठकमा पार्टीका महासचिव शंकर पोखरेलले समसामयिक राजनीति र पार्टीको आगामी कार्यभार तथा विभागको काम, कर्तव्य र अधिकारका बारेमा निर्देशनात्मक सम्बोधन गरेका थिए । महासचिव पोखरेलले विभागका सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।

विभागका उपप्रमुख भीम कार्कीको अध्यक्षतामा बसेको बैठकले वार्षिक कार्ययोजनाको प्रमुख कामका रूपमा भूमिसम्बन्धी नीतिपत्र तयारी र प्रकाशनलाई लिएको छ । बैठकले भूमिसम्बन्धी विषयमा प्रशिक्षण सञ्चालन गर्ने भएको छ ।