चोरी भएको मोटरसाइकल फेला पारी सम्बन्धित धनिलाई बुझाइयो
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले चोरी भएको मोटरसाइकल फेला पारी सम्बन्धित धनिलाई बुझाएको छ ।
गत भदौ २० गते बिहान १ बजेको समयमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ भैरबरोडस्थित जय कालिका हार्डवेयर अगाडि पार्किङ गरी राखेको बागमती प्रदेश ०३–००५ प ३७८१ नं.को १५० सीसीको पल्सर मोटरसाइकल हराइएको भनि मोटरसाइकल धनि सुबास तिमल्सिनाले प्रहरीमा उजुरी दिएका थिए ।
उक्त उजुरीको आधारमा खोजतलास गर्दा बिहीबार भदौ २३ गते फेला पारी सम्बन्धित धनिलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
