थप २३० जना कोरोना पुष्टि, दुई जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ भाद्र २२, बुधबार १७:३३
filr-photo

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने २३० जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, ३ हजार ८३६ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको हो ।

यस्तै, सो समयावधिमा ७८ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार, हाल देशभर सक्रिय संक्रमितको संख्या २ हजार ५०५ जना पुगेको छ ।