माओवादी मकवानपुरद्वारा प्रतिनिधि सभातर्फ ५ जनाको नाम सिफारिस

तु खबर संवाददाता
२०७९ भाद्र २१, मंगलवार ०९:२७

मकवानपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको लागि नेकपा माओवादी केन्द्र मकवानपुरले प्रत्यक्ष तर्फ ५ जनाको नाम सिफारिस गरेको छ ।

जिल्ला पार्टी कार्यालय हेटौडामा बसेको बैठकले माओवादी मकवानपुरको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर १ को लागि प्रत्यक्ष तर्फ संविधान सभा सदस्य प्रल्हाद लामिछाने, जीवन गोले, बसन्त कुमार लामालाई सिफारिस गरेको छ ।

त्यस्तै, क्षेत्र नं. २ को लागि पुर्व राष्ट्रिय सभा सदस्य रामनारायण बिडारी र पार्टीका पोलिटब्युरो कुमारी मोक्तानलाई सिफारिस गरेको छ । त्यस्तैगरी, प्रदेश सभाका लागि प्रत्यक्ष र समानुपातिक तर्फको नाम चयनको लागि छलफल भइरहेको जिल्ला समन्वय समितिका सचिव भिम पाख्रीनले जानकारी दिए ।