कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ भाद्र १८, शनिबार १६:०७
file-photo

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणका कारण मृतयु हुनेको कुल संख्या १२ हजार ७ जना पुगेको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ ।

संक्रमणका कारण शुक्रबार पनि तीन जनाको मृत्यु भएको थियो । मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा थप २०० जनामा सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा ३ हजार ५३७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ९२ तथा एन्टिजेन विधिबाट १०८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।