एमाले मकवानपुरले निर्वाचनको लागि आज उम्मेदवार सिफारिस गर्दै

तु खबर संवाददाता
२०७९ भाद्र १७, शुक्रबार १०:१२

मकवानपुर । नेकपा एमालेले आज मकवानपुर जिल्लाको प्रदेशसभा तर्फको चार वटै निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस गर्ने भएको छ । शुक्रबा दिउँसो मकवानपुरको प्रदेश कमिटी बैठक बसेर उम्मेदवार सिफारिस गर्ने तयारी गरिएको जनाइएको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्ने कार्यतालिका अनुसार आज बैठक बसेर पहिलो चरणबाट सिफारिस गर्न लागिएको नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले बताए ।

उनका अनुसार, आजको बैठकबाट सकेसम्म सर्बसम्वत रुपमा उम्मेदवार सिफारिस गर्ने तयारी गरिएको हो । मकवानपुर क्षेत्र नम्वर–१ को ‘क’, ‘ख’ र क्षेत्र नम्वर–२ को ‘क’ को उम्मेदवार सिफारिस गर्नका लागि हेटौंडामा बैठक बस्दैछ ।

क्षेत्र नम्वर–२ को ‘ख’ को बैठक भने मनहरीको रजैयामा बस्ने भएको एमालेले जनाएको छ । प्रदेशसभा तर्फका चार वटै कमिटीको आजको बैठकबाट उम्मेदवार बन्ने सकेसम्म एक जना नत्र महिला समेतलाई सहभागी गराएर उम्मेदवार सिफारिस गर्ने तयारी गरिएको हो ।

क्षेत्रबाट सिफारिस भएकालाई जिल्लाले फेरी बैठक बसेर उम्मेदवार थपघट गरेर पनि सिफारिस गर्न सक्ने प्रावधान समेत रहेको अध्यक्ष श्रेष्ठले बताए ।