६५ वर्षीया वृद्धालाई करणी गरेको आरोपमा पक्राउ

तु खबर संवाददाता
२०७९ भाद्र १७, शुक्रबार ०९:०२
सांकेतिक तस्बिर

गुल्मी । गुल्मीमा ६५ वर्षीया वृद्धालाई करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको इस्मा गाउँपालिका वडा नम्वर ४ नयाँ पोखरा निवासी ३६ वर्षीय कृष्णबहादुर सार्की रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार, वृद्धालाई घरमा एक्लै भएको मौका छोपी करणी गरेको सूचनाको आधारमा सार्कीलाई पक्राउ गरिएको हो । पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।