भरुवा बन्दुकसहित पक्राउ

तु खबर संवाददाता
२०७९ भाद्र १२, आईतवार १६:४३
सांकेतिक तस्बिर

दाङ । दाङको गढवा गाउँपालिका–७ स्थित ज्योती सामुदायिक वनबाट एकनाले भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजपुर गाउँपालिका–१ घर भएका ४२ वर्षीय रामबहादुर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीका अनुसार, आरोपीको साथबाट करिब १ सय ग्राम बारुद, ४ थान केप, १९ वटा फलामको गोली र १ सय २६ वटा फलामको छर्रा बरामद गरिएको छ । शनिबार साँझ पक्राउ गरेर आरोपीमाथि इलाका प्रहरी कार्यालय गढवाले अनुसन्धान गरिरहेको जनाइएको छ ।