कुटपिटबाट वृद्धको मृत्यु

तु खबर संवाददाता
२०७९ भाद्र ६, सोमबार १८:००

बुटवल । कपिलवस्तुमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महाराजगञ्ज नगरपालिका–२ पडरियाका ६८ बर्षका अब्दुल जब्बार धुनिया रहेको जिल्ला प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रहरीका अनुसार, सिँचाइ कुलोको विषयमा विवाद हुँदा स्थानीय अब्दुल हक मुसलमान र उनका छोरा २० वर्षको सम्सुद मुसलमानले धुनिया र ३८ वर्षका अब्दुल रहमानलाई कुटपिट गरेका थिए ।

कुटपिटबाट घाइते धुनियाको जिल्ला अस्पताल तौलिहवामा उपचार भइरहेकोमा सोमबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त घटनामा संलग्न बाबु–छोरालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।