२७ अंकले बढ्यो शेयर बजार

तु खबर संवाददाता
२०७९ भाद्र २, बिहीबार १६:१९

काठमाडौं । बिहीबार शेयर बजारमा हरियाली छाएको छ । अघिल्लो दिन झिनो अंकले घट्न पुगेको नेप्से परिसूचक आज २७.७२ अंकले घटेर २०६८ विन्दुमा कायम भएको छ ।

नेपाल बैंकर्स संघले भदौ महिनामा बैंकहरुको ब्याजदर नबढाउने विषय र बैंकहरुमा निक्षेप थपिँदै जानुले शेयरबजारमा बढ्न पुगेको हो । शेयर बजार बढेसँगै कारोबारमा पनि केही सुधार देखिएको छ ।

नेप्सेमा सूचीकृत २२० कम्पनीको ५१ लाख १ हजार २९० कित्ता शेयर किनबेच हुँदा २ अर्ब ५ करोड ७९ लाख माथिको कारोबार भएको छ । नेप्सेमा रहेका सबै सूचकमा आज हरियाली छाएको छ । सर्वाधिक विकास बैंक समूहको ३.१७ प्रतिशत र हाइड्रोपावर समूहको २.९२ प्रतिशतले बढ्न पुगेको छ ।