नगद ३६ लाखसहित दुई जना पक्राउ
सर्लाही । सर्लाहीको बरहथवाबाट प्रहरीले नगद र गरगहनासहित दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरी टोलीले रु ३६ लाख नगद र गरगहनासहित दुई जना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा डोटीको शिखर नगरपालिका–७ स्थायी घर भई काठमाडौँको कपन बस्दै आएका ३० वर्षीय हर्कबहादुर कठायत र भक्तपुरको चाँगुनारायण–२ दुवाकोटका ३१ वर्षीय विशाल खत्री रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । मोटरसाइकलसहित उनीहरुलाई रोकेर प्रहरीले खानतलासी गर्दा उक्त रकम बरामद भएको हो । उक्त घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
