सोमबार शेयर बजारमा छायो हरियाली
काठमाडौं । आज साताको दोस्रो दिन अर्थात सोमबार शेयर बजारमा हरियाली छाएको छ । अघिल्लो दिन दोहोरो अंकले घट्न पुगेको शेयर बजार आज ५५.८८ अंकले बढेर २०६५ को विन्दुमा कायम भएको छ ।
नेप्सेमा सूचीकृत २१५ कम्पनीको ६० लाख २६ हजार १९२ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४३ करोड माथिको कारोबार भएको छ । शेयर बजारमा सुधार आएसँगै आज १३ उपसूचकमा नै हरियाली छाएको छ । अघिल्लो दिन सबै राताम्य भएको सूचकमा आज हरियाली छाउँदा सर्वाधिक फाइनान्स सूचक चम्किएको छ । फाइनान्स समूहको ७.३८ प्रतिशतले बढेको छ भने अन्य समूहको ६.२७ प्रतिशतले बढेको छ ।
