लागूऔषधसहित श्रीमान्–श्रीमती पक्राउ
सुर्खेत । सुर्खेत प्रहरीले वीरेन्द्रनगरबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–४ समावेशी टोलका लल्लु भन्ने किरण गिरी र सानु भन्ने सरला शाही रहेका छन् । उनीहरुलाई समावेशी टोलबाट नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
प्रहरीका अनुसार, पक्राउ परेका उनीहरु श्रीमान्–श्रीमती हुन् । प्रहरीले उनीहरुको साथबाट ४७ ग्राम ६२० मिलि ग्राउम ब्राउन सुगर र नगद २६ हजार तीन सय रुपैयाँ बरामद गरेको छ । पक्राउ गरेका गिरी दम्पतिमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
