थप ७८१ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ श्रावण २७,शुक्रबार १६:३१

काठमाडौं । नेपालमा थप ७८१ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर थप देशभरका ४ हजार ७१२ जनामा गरिएको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, सोही समयमा थप २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५११ जना कोरोना संक्रमणमुक्त भएका छन् । यस्तै, नेपालमा हाल ५ हजार ७७५ जना सक्रिय संक्रमित रहेका छन् ।