भारतमा एकैदिन १६ हजारभन्दा बढी संक्रमित थपिए

भारत । भारतमा एकैदिन १६ हजारभन्दा बढी कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा १६ हजार पाँच सय ६१ नयाँ सङ्क्रमित थपिएका हुन् ।
यससँगै भारतमा हाल कुल सङ्क्रमितको सङ्ख्या चार करोड ४२ लाख २३ हजार ५ सय ५७ जना पुगेका सङ्घीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको छ । भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख २३ हजार पाँच सय ३५ रहेको छ । कोरोना सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा ४९ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सुरु भएबाट हालसम्म ५ लाख २६ हजार ९ सय २८ व्यक्तिको मृत्यु भइसकेको छ ।
यस्तै, भारतमा कूल कोरोना संक्रमितमध्ये हालसम्म ४ करोड ३५ लाख ७३ हजार ९४ जना कोरोना संक्रमणमुक्त भएका छन् । नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन् ।