थप ८६८ जना कोरोना संक्रमति थपिए, ३ जनाको मृत्यु
काठमाडौं । नेपालमा थप ८६८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ६ हजार ७०५ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, सो अवधिमा ३ हजार ६१४ जनाको पीसीआर परीक्षण गर्दा ४९६ जना र ३ हजार ९१ जनाको एन्टिजेन परीक्षण गर्दा ३७२ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, आज कोरोना संक्रमणका कारण थप ३ जनाको मृत्यु भएको छ भने ४१४ जना संक्रमणमुक्त भएका छन् । यस्तै बुधबार कोरोना संक्रिय संक्रमितको संख्या ८ हजार ८८५ पुगेको छ ।
