२४ घण्टामा थप १० हजारले बुस्टर डोज लगाए

तु खबर संवाददाता
२०७९ श्रावण २२, आईतवार १७:३५

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १० हजार ५३ जनाले कोरोना भाइरस (कोभिड–१९) संक्रमण विरुद्धको बुस्टर डोज खोप लगाएको छन् । हालसम्म लक्षित जनसङ्ख्या ३१.५ प्रतिशतले बुस्टर डोज लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, लक्षित जनसङ्ख्या १२ वर्ष माथिका २ करोड ३३ लाख २७ हजार ६१ जना रहेका छन् । जसमध्ये ७३ लाख ५१ हजार ६९६ जनाले बुस्टर डोज लगाएका हुन् । लक्षित जनसङ्ख्या मध्ये ९२.६ प्रतिशतले पहिलो मात्रा लगाएका छन् भने ८८.४ प्रतिशतले पूर्णमात्रा कोरोनाविरुद्धको खोप लगाएका छन् ।

यद्यपि कुल जनसङ्ख्या २ करोड ९१ लाख ९२ हजार ४८० जनामा ७०.७ प्रतिशतले मात्रै पूर्णमात्रा खोप लगाएका छन् । ७४.० प्रतिशतले एक मात्रा खोप लगाएका छन् ।