शेयर बजारमा सामान्य सुधार, साढे २ अर्बमाथिको कारोबार

तु खबर संवाददाता
२०७९ श्रावण २२,आईतवार १६:३१

काठमाडौं । आज साताको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा सामान्य सुधार आएको छ । गत साता घट्न पुगेको शेयर बजारमा आज सामान्य सुधार आएको हो । आज नेप्से परिसूचक १०.२७ अंकले बढेर २१२३ को विन्दुमा कायम भएको छ ।

नेप्सेमा सूचीकृत २१९ कम्पनीको ६१ लाख ६ हजार ५२१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६७ करोड माथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज जीवन बीमा समूहको शुन्य दशमलव शुन्य ५ प्रतिशत अर्थात ४।५५ रुपैयाँले घटेको छ भने सबैभन्दा बढी होटल तथा पर्यटन समूहको २।१६ प्रतिशतले बढ्न पुगेको छ ।