मोटरसाइकल चोरी गर्ने तीन जना पक्राउ

तु खबर संवाददाता
२०७९ श्रावण १८, बुधबार १०:०६
सांकेतिक तस्बिर

महोत्तरी । महोत्तरीमा श्रृंखलावद्ध रुपमा मोटरसाइकल चोरी गर्ने ३ जनालाई प्रहरीले वपक्राउ गरेको छ । मोटरसाइकल चोरी भएको उजुरीको आधारमा लामो अनुसन्धानपछि इलाका प्रहरी कार्यालय बर्दिवासको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा बर्दिबासमा बस्ने एकैघरका दाजुभाइ राम एकवाल यादव र रामलक्ष्मण यादव, भंगाहा नगरपालिका घर भएका सुनिल कुमार राम रहेका छन् गत साउन १५ गते राती बर्दिबास–१४ स्थित सेन्चुरी बैंकको अगाडि पार्किङ्ग गरेर राखेको ज ७ प ४५८६ नम्वरको मोटरसाइकल चोरी भएसँगै इलाका प्रहरी कार्यालय गौरिडाँडाको टोली तिब्र खोजतलासमा लागेको थियो ।

अनुसन्धानको क्रममा बर्दिबास–७ बस्ने राम एकवालको घरबाट उक्त नम्बर प्लेटको मोटरसाइकल फेला परेपछि संगठित मोटरसाइकल चोरी गर्नेको रहस्य खुलेको हो । राम एकवालको घरबाट अन्य चोरी गरेका मोटरसाइकल समेत बरामद भएको छ । प्रहरीले ज १२ प ८४८६, प्र–०१–००२–प ५५२९ नम्वरको मोटरसाइकलसहित ४ मोटरसाइकल बरामद गरेको जनाएको छ । प्रहरीले अदालतबाट ८ दिनको म्याद थप गरी थप अनुसन्धानलाई अगाडि बढाएको छ ।