बुधबार नेप्से झिनो अंकले बृद्धि

तु खबर संवाददाता
२०७९ श्रावण १६,सोमबार १६:१८

काठमाडौं । आज साताको दोस्रो दिन सोमबार शेयर बजारमा झिनो अंकको बृद्धि भएको छ । केही दिनयता लगातार बढेको शेयर बजारमा आज १ अंकले मात्र बढ्न पुगेको छ ।

नेप्से ०.०५ प्रतिशतले बढेर इन्डेक्स २१९६ को विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २१७ कम्पनीको १ करोड ५ लाख १८ हजार ७१२ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६० करोडमाथिको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ५ समूह बाहेकका सबै समूह राताम्य रहेको छन् । आज बैकिङ्ग समूह, व्यापार, हाइड्रोपावर, उत्पादन तथा प्रशोधन र लगानी समूहमा हरियाली छाएको छ । त्यस्तै, सर्वाधिक होटल तथा पर्यटन समूहको २ प्रतिशत अर्थात् ६० रुपैयाँ ८७ पैसा र विकास बैंक समूहको १.४५ प्रतिशत अर्थात ५९ रुपैयाँ ४२ रुपैयाँले घट्न पुगेको छ ।