हेटौंडाबाट तीन बालकसहित ४ जना पक्राउ

तु खबर संवाददाता
२०७९ श्रावण १४, शनिबार १७:२१
file-photo

मकवानपुर । मकवानपुर प्रहरीले चोरी गर्दै गरेको अवस्थामा तीन बालकसहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका–५ की ३४ वर्षीया एमुना लामा, हेटौंडा–५ कै १२ ,१३ र १४ वर्षीय तीन बालकहरु रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रहरीका अनुसार, उनीहरुलाई गएराति २ः३५ बजेको समयमा स्थानीय राधाकृष्ण मन्दिर पछाडीको सलमान खानको घरमा मोबाईल चोरी गरेर, दराज खोल्दै गरेको अवस्थामा पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई खानका घरका परिवारका सदस्य र स्थानीयले समातेर प्रहरीलाई खबर गरेका थिए । उनले पक्राउ परेका महिला र बालकहरुमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।