काठमाडौंबाट पक्राउ परे मकवानपुरका उप्रेती
काठमाडौं । काठमाडौं चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट बिल बिनाको रासायनिक मलसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ९ बस्ने २३ वर्षीय स्वदेश उप्रेती रहेका छन् ।
बुधबार वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेकोना ६ ख ५४८८ नम्वरको ट्रकबाट बिल बिनाको १ सय ३५ बोरा रसायनिक मल बरामद भएपछि ट्रक चालक उप्रेतीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, पक्राउ परेका उनलाई बरामद मल र ट्रकसहित आवश्यक कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।
