थप ५६४ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ श्रावण ११, बुधबार १६:५०
file-photo

काठमाडौं । नेपालमा थप ५६४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ४५४ जनाको नमुना परीक्षण गदा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, सो अवधिमा २ हजार ७७८ पीसीआर परीक्षणमा ४१८ र १ हजार ६७६ एन्टिजेन परीक्षणमा १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै, पछिल्लो २४ घण्टामा २०२ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । हाल नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या तीन हजार ९२९ पुगेको छ ।