थप ३९१ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । देशभर थप ३९१ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ९८१ जनाको परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा गरिएको परीक्षणमा पीसीआर विधिबाट ३४० तथा एन्टिजेन विधिबाट ५१ जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ४६ जना सङ्क्रमणमुक्त भएका छन् भने कोरोनाका कारण पनि पनि व्यक्तिको निधन भएको छैन । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार २७६ पुगेको छ । यस्तै, १ लाख ३२ हजार ५१५ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।
