हेटौंडाबाट पक्राउ परे पण्डित
मकवानपुर । मकवानपुर प्रहरीले लेनदेन बिगो मुद्दाका एक जना फरार प्रतिबादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ भानु नगरपालिका वडा नं.४ बस्ने मुक्तीनाथ पण्डित रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार, लेनदेन बिगो मुद्धाका फरार प्रतिवादी पण्डितलाई हेटौंडा उपमहानगरपालिका–१० स्थित बसपार्कबाट शुक्रबार पक्राउ गरेको हो । पक्राउ परेका उनलाई कारबाहीको लागि काठमाडौं जिल्ला अदालत बबरमहल पठाईएको जनाएको छ ।
