बालिकामाथि सामूहिक बलात्कार गर्ने भण्डारी र बस्नेत पक्राउ
दाङ । सल्यानमा १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको कुमाख गाउँपालिका–१ की १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले जाजरकोटका दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा जारजरकोट भेरी नगरपालिका १२ का २२ वर्षीय रमेश भण्डारी र २० वर्षीय डिल्ली बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । प्रहरीका अनुसार, असार २२ गते बुधबार राती ११ बजेको बालिकामाथि दुई जनाले जबरजस्ती करणी गरेर फरार भएका थिए ।
बालिका आफ्नो घर नजिकै रहेको आफ्नो ठुलीआमाको घरमा सुत्न गएकी थिइन् । बालिका सुतेको अवस्थामा कोठामा गएर दुई जनाले जबरजस्ती करणी गरेका थिए । घटना लगतै बालिकाले हारगुहार गरेपछि परिवारले राति नै प्रहरीलाई खबर गरेका थिए ।
