भन्सार एजेन्टको अन्तिम नतिजा सार्वजनिक

काठमाडौं । गत बैशाख १७ गते भएको भन्सार एजेन्टको अन्तिम नतिजा सार्वजनिक भएको छ । लोकसेवा आयोगले लिएको लिखित परीक्षामा ८६० जना उत्तीर्ण भएकोमा ८५७ जना अन्तर्वातामा सहभागी भएका थिए । त्यसमध्ये ६६० जना नाम निकाल्न सफल भएको भन्सार विभागले जनाएको छ ।
लिखितमा नाम निकालेका उम्मेदवारहरूको यही असार ५ गतेदेखि १३ गतेसम्म अन्तर्वार्ता भएको थियो । लिखित र अन्तर्वार्तापछि प्राप्त गरेको औसत अंकबाट कायम भएको योग्यता क्रमका आधारमा भन्सार एजेन्ट छनोट समितिको सिफारिसमा विभागले बुधबारको छनोटको निर्णय गरेको हो ।
हेर्नुहोस् नामावली ।