आफ्नै आमाको हत्या गरेको आरोपमा तामाङ पक्राउ
चितवन । चितवनमा आफ्नै आमाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको माडी नगरपालिका वडा नम्वर ६ स्याउलिवास बस्ने ३७ वर्षीय अर्जुन तामाङ रहेका छन् ।
अर्जुनलाई आफ्नै आमा ५५ वर्षीया माया देवी तामाङको हत्या गरेको आरोपमा सोमबार दिउँसो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तामाङले जनाएको छ । प्रहरीका अनुसार, आफ्नै मकै बारीमा अर्जुनले धारिलो हतियार प्रहार गर्दा उनकै आमाको मृत्यु भएको हो । प्रहरीले पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।
