पेस्तोलसहित दुई जना पक्राउ

तु खबर संवाददाता
२०७९ असार १४,मंगलवार ०९:२५
सांकेतिक तस्बिर

धादिङ । धादिङबाट प्रहरीले पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुम जिल्लाको खनियाबास गाउँपालिका–२ अक्थलीका २५ वर्षीय सुनिल तामाङ र अबिनास तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

विशेष सूचनाको आधारमा पुगेको प्रहरीले उनीहरू बस्ने डेरामा खानतलासी गर्दा म्यागजिनसहित पेस्तोल, खुकुरीसमेत बरामद भएपछि निजहरुलाई पक्राउ गरेको जनाइएको छ । आरोपितहरूले हतियार राखेर डरधम्की दिने गरेको आरोपपछि प्रहरीले खोजतलास गरेको थियो । आरोपित दुबै जनालाई हातहतियार तथा खरखजानाअन्तर्गत अनुसन्धान गरी मुद्दा चलाइने प्रहरीले जानकारी दिएको छ ।