अपर हेवाखोला हाइड्रोको आईपीओ खुल्दै

तु खबर संवाददाता
२०७९ असार १४,मंगलवार ०९:१२
file-photo

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले असार २४ गतेदेखि आईपीओ बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि प्रतिशेयर १०० अंकित मूल्यका १५ करोड बराबरको १५ लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।

निष्काशन गरिने कुल सेयरमध्ये ३० हजार कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ७५ हजार कित्ता सेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ । सर्वसाधारणले बाँकी १३ लाख ९५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । आईपीओको निष्काशन बन्द छिटोमा असार २८ गते हुनेछ भने ढिलोमा साउन ६ गते हुनेछ ।

आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट, मेरो शेयर एप तथा वेबसाइटबाट पनि आवेदन दिन सकिनेछ ।