सोमबार २३ अंकले घट्यो नेप्से, २ अर्बमाथिको कारोबार
काठमाडौं । आज साताको दोस्रो दिन सोमबार शेयरबजारमा गिरावट आएको छ । आइतबार एकाएक हरियाली छाएको शेयरबजार सोमबार फेरी गिरावट आएको हो ।
आइतबार ९६ अंकले बढेको नेप्से परिसूचक सोमबार २३ अंकले घटेर इन्डेक्स १९३३ विन्दुमा कायम हुन पुगेको छ । आज नेप्सेमा सूचीकृत २२९ कम्पनीको ५६ लाख ४१ हजार ५४० कित्ता शेयर किनबेच हुँदा २ अर्बमाथिको कारोबार भएको छ ।
नेप्सेमा रहेका १३ उपसूचक मध्ये आज लगानी समूह र जीवन बीमा समूह बाहेकका सबै सूचक राताम्य रहेका छन् । अघिल्ला दिनहरुमा शेयरबजार घट्दा सर्वाधिक घट्ने जीवन बीमा सूचक आज शेयरबजारमा गिरावट आउँदा ११३ रुपैयाँका दरले बढ्न पुगेको छ ।
