गायिका दिलमाया सुनार मृत फेला, १ जना पक्राउ
काठमाडौं । लोक तथा दोहोरी गायिका दिलमाया सुनार मृत अवस्थामा फेला परेकी छन् । दिलमाया शनिबार राति ११ बजे काठमाडौंस्थित आफ्नै डेरामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, सुर्खेत घर भएकी ३० वर्षीया गायिका दिलमाया काठमाडौंको नेपालटारमा डेरामा बस्दै आएकी थिइन् । उनले शुक्रबार आफू बाँच्न मुस्किल भएको भन्दै सामाजिक संजाल फेसबुकमा स्टाटससमेत लेखेकी थिइन् ।
प्रहरीले उक्त घटना अनुसन्धानका क्रममा सूर्य श्रेष्ठलाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार शूर्य शनिबार बिहानै मृतक सुनारको कोठामा पुगेको थाहा भएको छ । प्रहरीले उक्त घटनाको बारेमा अनुसन्धान भइरहेको जनाएको छ ।
