प्रहरीमा एसएसपीको ३२ जनाको दरबन्दी रिक्त

तु खबर संवाददाता
२०७९ असार १०, शुक्रबार १६:४४
file-photo

काठमाडौं । नेपाल प्रहरीमा डीआईजी बढुवा सिफारिस भएसँगै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा ३२ वटा दरबन्दी रिक्त भएको छ । असार ८ मा गृहसचिव नेतृत्वको बढुवा समितिले १७ जना एसएसपीलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गरेको थियो ।

सो सिफारिसअनुसार एक सातापछि गृहमन्त्रीले डीआईजी पदमा नियुक्त गर्ने कानुनी व्यवस्था छ । डीआईजी सिफारिस गरेसँगै प्रहरीको जनपदतर्फ ३२ वटा एसएसपीको दरबन्दीमा बढुवा हुन तिब्र प्रतिस्पर्धा सुरु भएको छ ।

प्रतिस्पर्धामा राष्ट्रिय अनुसन्धानबाट सेवा परिवर्तन गरेर प्रहरीमा आएका र २०५४ मा सेवा प्रवेश गर्नेहरुको बीचमा प्रतिस्पर्धा हुनेछ  ।