बूढानीलकण्ठमा महिलाको शव फेला, एक जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठमा एक जना महिलाको शव फेला परेको छ । जिल्लाको बूढानीलकण्ठ नगरपालिका वडा नम्वर ८ स्थित भंगालमा महिलाको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
मृत्यु हुनेमा सोही नगरपालिका–३ की फुलमाया सुनार रहेका छन् । महिलाले लगाएको भित्री बस्त्रसमेत च्यातिएकोले घटना शंकास्पद रहेको प्रहरीको भनाइ छ । घटनाको अनुसन्धानका लागि प्रहरीले एक जनालाई नियन्ञणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।